६ बैशाख २०८१, बिहिबार

काँचका हरियो चुरा लगाउनु वैज्ञानिक कारण के हो ?


काँचका हरियो चुरा

हिन्दु समाजमा महिलाले हातमा काँचका चुरा लगाउने चलन पहिलादेखि चली आएको छ । यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । हिन्दू धर्म अनुसार साउनमा हरियो चुरा लगाएमा मनले चाहेको पूरा हुन्छ भन्ने मान्यता रहेको छ । साउनमा हरियो चुरा लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्पदंशबाट जोगिइन्छ भन्ने भनाई छ । हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वाश पनि रहेको छ । कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर यो महिनाभर होसीयारी अपनाउने गर्दछन्।

विवाहित महिलाले पतिको आयु लामो होस् भनेर हरियो चुरा लगाउने गरेको दाबी गरिन्छ भने अविवाहितले आफूले मन पराएको पुरुषलाई पति बनाउने अभिलाषाका साथ हरियो चुरा लगाउने गर्छन । साउनमा विवाहित महिलाले सौभाग्यको प्रतीकाका रूपमा यो लगाएर भगवान् शिवको पूजा आरधना गर्छन् । झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा यसलाई प्रेम र सुहागको प्रतीक मानिन्छ ।

साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । साउनमा हरियो चुरा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको प्रतीकको रुपमा लिइन्छ । विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।

वास्तवमा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ । सामान्यतया मान्छेको नाडी लगातार चलिरहेको हुन्छ । अनि नाडीको नसा छामेर नै सबै किसिमका रोग परीक्षण गर्न सकिन्छ । महिलाहरूले प्रयोग गर्ने चुरा प्रायः नाडीमा नै लगाइन्छ र यसको लगातार घर्षणले रक्तसञ्चारको तहलाई बढाउँछ । अझ, बाहिरी छालाबाट प्रवाहित बिजुली वृत्ताकार चुराका कारण शरीरमै फर्केर आउँछ । चुराको छेउटुप्पो नहुने हुनाले ऊर्जा बाहिर जाँदैन बरू शरीरमै फर्किन्छ ।

यो पनि पढ्नुहोस् 

साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !