७ बैशाख २०८१, शुक्रबार

के हो उल्का वर्षा ? कसरी हेर्ने उल्का वर्षा ?


उल्का वर्षा

के हो उल्का वर्षा ? पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो हेलीको पुछ्रेतारा ?

बेलायती खगोलशास्त्री ’एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ’हेलोको पुछ्रेतारा’ भनिएको हो । यो एक नियमित पुछ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ । सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब २०६१ मा देखिने अनुमान गरिएको छ ।

कसरी हेर्ने उल्कावर्षा ?

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नाङ्गो आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ ।

उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसको लागि तपाईँ घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा जान सक्नुहुन्छ । यी दुबै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्नुहोला।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !