३० आश्विन २०८१, बुधबार

हिजोदेखि सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै


सरकारी कर्मचारी

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादसैँको सार्वजनिक बिदा हिजो सोमबारदेखि सकिएको छ । सार्वजनिक बिदा सकिएसंगै आज मंगलबारदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।

सप्तमी दिन अथवा असोज २४ गतेदेखि सुरु भएको सार्वजनिक बिदा हिजो सकिएपछि आज त्रियादशीका दिनदेखि कार्यालय खुल्न लागेका हुन् । यद्यपि दशैंको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्म नै जारी रहनेछ ।

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !