१३ आश्विन २०८१, आइतबार

भारतको अयोध्यामा राम मन्दिरको गरियो प्राण प्रतिष्ठा


राम मन्दिर

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज गरिएको छ । भारतको अयोध्यामा आज नयाँ राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो ।

नयाँ मन्दिरमा आज भगवान् रामको अभिषेक गरिएको छ भने उक्त समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरूआएका छन् ।

यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल भएका छन् ।

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ । भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । आज साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !