८ बैशाख २०८१, शनिबार

टुँडालदेवीको हराएको गहना खोज्ने भाटभटेनी जात्रा आजदेखि सुरु


भाटभटेनी जात्रा

काठमाडौँ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ ।

जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।

भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराए । आज बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ । काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी पनि एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ । यो जात्राको सुरु भएका सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नाका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !