प्रकृतिले सन्तान दर सन्तान दिने गरेको छ तर बरको होस् या पिपलको बोटमुनि फल झरेर पनि किन उम्रदैन के यो रहस्य होइन त ? आज भगवान छैनन् भन्नेहरू धेरै छन् तर भगवानको कुनै शक्ति नभएको भए यस्तो नहुनुपर्ने थियो ।
आज यसै विषयमा नागरिकलाई रोचक जानकारी पस्कनेछु । बरको बुटामुनि बरको दाना खसेर किन उम्रदैन भन्ने रहस्य कतिपयलाई थाहा नभएको पनि हुन सक्छ । मैंले यस विषयमा गहिरो अध्ययन गर्न थुप्रै ठाउको वरपिपलको रूख हेर्न पुगे तर कहि पनि विरूवा उम्रेको देखिन मलाई आश्चर्य लाग्यो यो कसरी सम्भव छ ।
यसै विषयमा मैले थुप्रै बाबाहरुसंग यो कुरा राखे धेरैको मत अलग अलग पाए तर मेरो प्रश्नको उत्तर कसैबाट पनि पाउन सकिन । बर पिपलको बोटमुनि विरूवा उम्रन्छ तर उखालेर फालेको हुन्छ ।
यस्तो कार्य कसले गर्छ भन्ने अनुसन्धान गर्न वरपिपलको बोट नजीक घर हुन आवश्यक मैंले पाए । संयोगले मध्यविन्दु नगरपालिकाको चौपारीमा वरपिपलको रूख थियो । तर अहिले लोकतन्त्र बाहली भएदेखि यस्ता बोटबिरुवा काटेर फाल्ने चलन आयो मेरो विचारमा यो गलत थियो ।
एक दिन मैले बरको दानालाई आफुले देख्ने ठाउँमा राखे तर भोलिपल्ट त्यो ठाउँमा दाना थिएन । मलाई आश्चर्य लाग्यो । यो वास्तविक घटना थियो मेरा लागि तर म अध्ययन गर्न चाहन्थे ।
लामो समयपछि त्यहाँ एउटा विरूवा उम्रेको थियो तर उम्रदै गर्छ मुन्टा भाचिदै गर्छ यो सिलसिला केही दिन चल्दै गयो एकदिन रातको करिब २:५० तिर मेरो निन्द्रा खुलेछ । बाहिरी सानो स्वरमा कोही बोले जस्तो लाग्यो र हेर्दा अचम्मको दृश्य मैले देखे त्यहाँ जटाधारी बाबाले बिरुवा उखलेर लगेको देखे ।
भोलिपल्ट विरूवा त्यहाँ थिएन उखलेको निसान पनि थिएन । यो कुरा एकजना बयोबृद्धलाई भन्दा उहाँले मलाई सवै बृतान्त भन्नुभयो । त्यस्ता रूखमुनि जीनहरुको बास हुन्छ ।
यदि कसैले यस्ता विरूवा देख्छ भने उ धेरै भाग्यमानी हुन्छ । सर्बसिद्ध योगमा यस्ता विरूवा उखालेर धनसारमा राख्छ भने त्यस्तो भकारीबाट जतिसुकै धान निकाले पनि रातभरिमा भरिएको हुन्छ भन्ने पौराणिक मान्यता मैले पाएको थिएँ ।
बर र पिपल हमेसा घरको भित्तामा उम्रने गरेको हुन्छ । अधिकांशको विचारमा चराले हगेर उम्रने गरेको भन्ने गरेको पाए तर यस्तो नभई जीनले यस्तो गरेको हुन सक्छ भन्ने कुरा मैले पाए यस्ता विरूवाको जराको औषधि धेरै भएको पाए ।
पिपलको बोट यस्ता घरको भित्तामा देखेमा उखालेर राख्नुहोस् यसले थाइराइड ग्रन्थि बढेको वा सिल्भर ग्लेण्ड बढेको भए घोटेर लगाई दिने गरेमा आफै निको हुदै जानेछ । यस्ता विरूवाको जराबाट थुप्रै औषधि बनाउन सकिनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।