८ बैशाख २०८१, शनिबार

सोमबार शिवको ब्रत किन बसिन्छ ?


सोमबार शिवको ब्रत

सोमबार शिवको ब्रत किन बसिन्छ ? शिव हिन्दू धर्मका प्रमुख ३ भगवानहरू ब्रम्हा, नारायणमध्ये एक हुन् । शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूमध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मानेर उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ । वेदमा यिनको नाम रुद्र भनिएको छ ।

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल पुरा गर्न गर्ने गर्दछन् । हिन्दु धर्ममा व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टिबाट मात्र महत्वपुर्ण नभएर हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ । यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ ।

सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।

यो विश्वास गरिन्छ की सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !