१४ बैशाख २०८१, शुक्रबार

नवदुर्गाको तान्त्रिक नृत्य शुरु


तान्त्रिक नृत्य

भादगाउँ, कात्तिक १० । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु हस्तान्तरण० गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः (नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताउनुभयो । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ ः घला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !