९ जेष्ठ २०८१, बुधबार

पुरातत्त्व विभागले राम जन्मभूमिका विषयमा ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने


पुरातत्त्व विभागले राम जन्मभूमिका विषयमा ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने

काठमाडौँ, साउन १ । पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गर्नुभएपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो, “अयोध्याको विषयमा प्रारम्भिक छलफल प्रारम्भ गरेका छौँ ।” उहाँले इतिहासकार, खोज र अनुसन्धानकर्ताहरूसँग यस विषयमा छलफल अगाडि बढाइने बताउनुभयो । सोही विषयलाई लिएर नेकपाका नेता वामदेव गौतमले राम जन्मभूमि अयोध्याको विषयलाई प्राविधिक तथा इतिहासविद्हरू मार्फत् अयोध्याको विषयमा अनुसन्धान र तथ्य सङ्कलन गर्नुपर्ने बताउनु भएको छ । यो समाचार गोरखापत्रमा दिपक श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु