६ जेष्ठ २०८१, आइतबार

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


मन्त्रिपरिषद्

काठमाडौँ, जेठ १७ । नेपाल सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थपेर जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । साथै असार १६ गतेसम्म विमानस्थल र अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !