१४ बैशाख २०८१, शुक्रबार

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने सरकारको निर्णय


९ जेठ, काठमाडौं । नेपाल सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नुपर्ने छ । यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइ बहुमत पारित हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

नेपालको ऐतिहासिक नयाँ नक्सा गरियो सार्वजनिक

लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !