५ जेष्ठ २०८१, शनिबार

राप्रपा सरकारमा जाने, प्रजातान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्ने


असोज २३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपयुक्त मन्त्रालय पाए सरकारमा जाने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले उपप्रधान एवं गृह मन्त्रालय पाए सरकारमा सहभागी हुनुपर्ने धारणा नेताहरुले राखेका थिए । बैठकपछि प्रवक्ता भुवन पाठकले सरकारमा जाने विषयमा गम्भीर छलफल भएको र सबै नेताको सहमतिबाट राप्रपा सरकारमा जाने निर्णयमा पुगेको बताए ।

त्यसैगरी, बैठकले नेपाली कांग्रेस र अरु प्रजातान्त्रिक पार्टीसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रमा अध्यक्ष थापा र जिल्लामा जिल्ला अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !