८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रियता ठुलो सानो हुदैन – प्रधानमन्त्री ओली


केपी शर्मा ओली

६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियता ठुलो सानो नहुने बताएका छन् । आज संघीय संसदमा सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको बारेमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘देश भौगोलिक हिसावले ठुलो सानो हुन्छ, तर राष्ट्रियता ठुलो सानो हुदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसदमा सम्बोधन गरिरहेका छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली भारतवाट आएकाहरुमा कडा खालको कोरोना भाइरस (कोभिड-१९) भएको बताएका छन् । प्रधानमन्त्री ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

भारतवाट आएको कोरोना भाइरस कडा : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !