२ जेठ, काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।
सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना र कोभिड-१९ ले समस्या परेका क्षेत्रका लागि सुविधा र आर्थिक प्याकेजलाई प्राथमिकता दिएको छ । स्वास्थ्य पूर्वाधार विस्तार, कृषिमा यान्त्रिकीकरण, जमिन बाँझो राख्न नपाउने, मल, बीउ तथा कृषकलाई सुविधालगायत विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तो छ हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ