![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2019/07/party-nekapa.jpg?fit=800%2C500&ssl=1)
३० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोली बुधबार स्थायी कमिटी बैठक बोलाएको छ । भोली पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेकपाका एक जना नेताले बताएका छन् ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेर दुवै जना अध्यक्षलाई पत्र बुझाई सकेका छन् । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।