६ जेष्ठ २०८१, आइतबार

स्थानीय तह निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढ्यो : दाहाल


असोज ५, कपिलवस्तु,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढेको बताएका छन् । उनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताए ।

माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समिति कपिलवस्तुद्वारा बिहीबार कृष्णनगरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ लैजानुपर्नेमा जोड दिए । शान्ति र क्रान्तिमा माओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले देश बनाउने जिम्मेवारी पनि माओवादीकै रहेको जिकिर गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले देशमा दुई अतिवादीका कारण राजनीतिक निकास निस्कन नसकेको आरोप लगाए । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले देशमा ‘मन्डले राष्ट्रवाद’ छाएको भन्दै मधेसी समुदाय सचेत बन्नुपर्ने बताए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !