७ मंसिर २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा


नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा

२० वैशाख, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ । रमाइलो कुरा के त देखिएको छ भने प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ । यो भन्दा अघिका सचिवालय बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिने गरिएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार दिउँसो ४ बजेका लागि बस्ने भनिएको सचिवालय बैठक साढे ५ बजेका लागि सारिएको थियो । यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो ।

सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो । आज बस्ने बैठकले स्थायी कमिटी बैठक, वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने र माधव नेपाललाइ तेस्रो पार्टी अध्यक्ष बनाउने बारेमा निर्णय गर्ने बारेमा छलफल हुनेछ ।

अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना शनिबारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए । नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन् ।

तर, वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाल निकट नेताले जानकारी दिएका छन् । गौतमलाई प्रधानमन्त्री बनाउने भए ओलीलाई राजीनामा दिएर बाटो खोल्न नेपाल र दाहालले सुझाव दिए पनि प्रधानमन्त्री भने सकारात्मक नदेखिएको नेताहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्

वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !