१० मंसिर २०८१, सोमबार

गृह मन्त्रालयद्वारा अलपत्र परेका यात्रु ओसारपसार रोक्न निर्देशन


गृह मन्त्रालय

१५ वैशाख, काठमाडौं । नेपाल सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट आफ्नो स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताएका छन् ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो । मन्त्रालयका सह-प्रवक्ता अधिकारीले जुनसुकै हालतमा लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताएका छन् ।

पछिल्लो एक हप्तायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो । यसैबीच गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुन: निर्देशन दिएको छ । पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !