८ जेष्ठ २०८१, मंगलबार

एमालेले देश विखण्डन गर्न खोज्यो: प्रधानमन्त्री देउवा


भाद्र ३०, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले देशलाई विखण्ड गर्न खोजेको आरोप  लगाएका छन् । चुनावी सभालाई सम्बोधन गर्न सर्लाहीको मलंगवामा पुगेका प्रधानमन्त्री देउवाले मधेसी र पहाडीबीच क्षेत्रीय नारा लगाएर एमालेले देश विखण्ड गर्न खोजेको आरोप लगाएका हुन् ।

‘जातीय क्षेत्रीय नारा लगाएर एमालेले देशमा मुडभेडको अवस्था सिर्जना गर्ने काम गरेको छ’, ‘एमाले, माओवादी र मधेसवादी दललाई स्थानीय निकायकै चुनावबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री देउवाले भनाई छ । उनले देशमा शान्ति स्थायित्वका लागि कांगे्रस मात्र एक पार्टी भएको दाबी गरे ।कांग्रेसले मात्र देशलाई दिशा दिन सक्ने उनले दावी गरे । राजा र राणा हटाउनमा नेपाली कांग्रेस महत्वपूर्ण खेलेको भन्दै देउवाले देशमा संविधान जारी र संघीय लोकतन्त्र ल्याउनमा पनि कांग्रेस सबभन्दा बढी भूमिका निर्वाह गरेको सम्झना गरे ।

देउवाले मधेसलाई बाढीबाट जोगाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्य मन्त्री नितिश कुमारसँग कुरा भएको बताएका छन् । प्रधानमन्त्री देउवाले बाढीको समस्या छिटै नै समाधान हुने तर्क गरे । मधेस कुनै बेला बाढी र कुनै बेला सुख्खाले ग्रस्त हुने गरेको बताउँदै यसलाई समाधान गर्नका लागि कांग्रेसले योजना बनाउन लागि परेको छ । देशको विकास गर्नका लागि कांग्रेस एकमात्र विकल्प भएको देउवाले जिकिर गरे।  स्थानीय तहमा कांग्रेसको सरकार बने मात्र तल्लो तहका विकास हुने दाबी गरे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !