२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्यहरु थपिएका छन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमति अनुसार ११ नेतालाई केन्द्रीय सदस्यहरु मनोनित गरेका हुन् ।
मनोनित कांग्रेस केन्द्रीय सदस्य हुनेहरुमा रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा छन् ।
दुई पार्टीबीच भएको समायोजनपछि ११ जनालाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णयअनुसार देउवाले आज मनोनयन गरेका हुन् । तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।