८ जेष्ठ २०८१, मंगलबार

शिघ्र स्वास्थ्यलाभको कामना गर्दै कमल थापाले किन गरे ओलीको प्रशंसा ?


कमल थापा

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नै मृगोला प्रत्यारोपण गर्ने निर्णय र मनोबलको प्रशंसा गरेका छन् ।

मृगौला प्रत्यारोपणको लागि आज अस्पताल भर्ना हुन लागेका ओलीलाई सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नो फेसबुक पेजमा स्टाटस लेखेका छन्, “नेपालमा नै मृगौला प्रत्यारोपण गर्ने प्रम @kpsharmaoli को निर्णय र उच्च मनोबलको प्रशंसा गर्दछु । प्रम केपि ओलीको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !