७ मंसिर २०८१, शुक्रबार

उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्न नमान्नुको कारण !


बामदेव गौतम

११ फागुन, काठमाडौं । सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको नागरिक दैनिकमा समाचार छ । सचिवालय सदस्यमध्ये गौतममात्रै सांसद छैनन् । बैठकमा नेताहरुले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गरेका थिए । युवराज खतिवडाको स्थानमा उनलाई राष्ट्रपतिबाट मनोनयन गरिने प्रस्ताव राखिएको बैठक स्रोतले जानकारी दिएको छ ।

‘गौतमले निर्णय नदिएका कारण बैठकले यो विषयमा कुनै निर्णय गरेन तर नेताहरु सबै सहमत भएकाले गौतमले आफ्नो निर्णय सुनाउनसाथ राष्ट्रियसभाको सांसद बनाउने निर्णय गरिनेछ,’ स्रोतले भन्यो । यसअघि गौतम राष्ट्रियसभामा जान अस्वीकार गर्दै आएका थिए । उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्र राष्ट्रियसभामा जाने बताउँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीले नै शनिबारको बैठकमा प्रस्ताव राखेपछि उनले आइतबार निर्णय दिने जवाफ दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !