४ जेष्ठ २०८१, शुक्रबार

कमल थापाले मागे सञ्चारमन्त्री बास्कोटाको राजीनामा


कमल थापा फाइल फोटो

८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचनाका साथै राजीनामासमेत मागेका छन् ।

अध्यक्ष थापाले ट्वीटरमार्फत प्रधानमन्त्री ओलीलाई बास्कोटालाई मन्त्री पदवाट तत्काल हटाई आवश्यक छानविन गर्न सुझाव दिएका छन् । थापाले लेखेका छन्, ‘प्रम ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !