१८ बैशाख २०८१, मंगलबार

को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?


को हुन् रक्षामन्त्री भीमसेनदास प्रधान ?

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आएका प्रधान कांग्रेस नेता कृष्ण सिटौला समूहबाट मन्त्री बनेका हुन् । कांग्रेसका पुराना नेता प्रधान नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति हुन् ।  गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको कोटाबाटै मन्त्री पाएका थिए । यसपटक त्यो कोटामा भीमसेनदास प्रधान परे ।

काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ । काठमाडौंको राजनीतिमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसंग फरक मत राख्ने उनी नेपाल प्राध्यापक संघका पूर्व सभापति हुन् । भीमसेनदास प्रधानको जन्म बि.सं. २०१५ साल श्रावण २ गते काठमाडौं जिल्लाको  का.म.पा.–३० ज्याठाको खाडावाल टोलमा भएको हो ।  उनका बाबुको नाम भैरवदास प्रधान र आमाको नाम जननी प्रधान हो । उनकी  श्रीमतीको नाम विधा वनमाली प्रधान हो । उनका दुई छोरी छन् ।

शिक्षा र प्राज्ञिक यात्रा

प्रधानले रसायनशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । विभिन्न पत्रपत्रिकामा वातावरण, विज्ञान, प्रविधि, शान्ति, आर्थिक, विकास लगायतका क्षेत्रमा लेख रचनाहरु प्रकाशित छन् । प्रधानले पहिलो संविधानसभा चुनावमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका थिए भने प्रधान ०७० सालमा एमालेका युवा नेता योगेश भट्टराईलाई पराजित गरेर सांसद भएका हुन् । उनको बिभिन्न अनुभव यस प्रकार छ ।

१. तत्कालीन  स्वास्थ्य  मन्त्रालयको  अनुसन्धान अधिकृत (सन् १९७७–१९७८) ।

२.  २०४३ सालमा नेपाल प्राध्यापक संघको महासचिव ।

३.  TU Assembly को   Senate Member (सन् १९९०–१९९२ र २०००–२००२) ।

४.  UNISIST/ASTINFO   को सदस्य सचिव (सन् १९९०–१९९४) ।

५.  UNECO, National Committee को सदस्य (सन् १९९०–१९९२) ।

६.  २०५५ सालमा प्राध्यापक संघको  अध्यक्ष ।

७.  NUTA को सभापति (सन् २००० देखि २००३ सम्म) ।

८.  World Peace Federation बाट सन् २००६ मा शान्ति अवार्ड प्राप्त ।

९. Nepal Chemical Society को सदस्य ।

१०.  Green Camp Nepal   को उपसभापति ।

११.  पशुपति विकास कोषको वोर्ड सदस्य ।

१२.  TU Academic Council को सदस्य ।

१३. Professional Alliance for Human Right and Development को सभापति ।

१४. Ganeshman Singh and People’s Movement Martyrs Memorial Peace Academy को सभापति ।

१५. Research Center for Applied Science and Technology (RECAST) TU को Associate Professor।

राजनीतिक यात्रा

६ महिना बन्दी जीवन बिताएका प्रधान नेपाली  कांग्रेसका लौहपुरुष गणेशमान सिंहको संगतसँगै अनुयायीका रूपमा चिनिन्छन ।

१.    वि.सं. २०२८ देखि राजनीतिमा प्रवेश ।

२.    २०३३ सालदेखि राजनीतिमा सक्रिय ।

३.    २०३६ सालको विद्यार्थी आन्दोलनमा लागेका ।

४.    २०४२ सालको सत्याग्रहमा समेत सामेल भएका ।

५.    २०५६ सालमा पार्टी जिल्ला सदस्य ।

६.    २०५७ सालमा जिल्ला सचिव ।

७.    २०५९ सालमा जिल्ला उपसभापति ।

८.    जनआन्दोलन २०६२/६३ का चर्चित व्यक्ति ।

९.    २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौँ-६ मा उम्मेदवार ।

१०.   पार्टीको १२ औँ महाधिवेशनमा काठमाडौँ कांग्रेसको सभापति ।

११.   सिटौला समूहबाट पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार ।

१२.   २०७० को संविधानसभा निर्वाचनमा काठमाडौँ-६ बाट निर्वाचित सांसद ।

विदेश भ्रमण

अमेरिका, वेलायत, थाइल्याण्ड, जर्मन, हङकङ, फिलिपिन्स र भारत ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !