विराटनगर, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह समेत गर्नुभयो ।
काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ निवासी ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ झापा भद्रपुर नगरपालिका–८ निवासी ५८ वर्षीय राजेन्द्र घिमिरे रहेका छन् ।