५ जेष्ठ २०८१, शनिबार

तारकेश्वर नगरपालिकामा चुनावी माहोल जम्दै , वडा न . २ बाटै मेयरका ३ जना उमेद्वार


sthaniya-chunab

काठमाडौं लगायत अन्य स्थानमा चुनावी माहोल तातेको छ। टोल-टोलमा विभिन्न प्रकारका यातायातका साधन , विशेस गरि निजि गाडी , मालबाहक गाडी र मोटरसाइकलमा जोडतोडका साथ युवा कार्यकर्ता र समर्थकहरु पार्टीको झण्डा फर -फराउदै यताउति दगुरेको दृश्य सहर अनि आसपासका क्षेत्रमा देख्न पाईन्छ। सडक आसपास र घर- घरमा समेत आफ्नो आफ्नो पार्टीको झण्डा फरफराएको देख्न सकिन्छ। उमेद्वार हरुले मत चिन्न प्राप्त गर्न ढिला भएकोले र चुनावि तालमेल समेत मिलिसक्न ढिला भएकोले यो स्थानीय चुनावको प्रचार प्रसार र माहोल ढिला तर बडो उत्साहजनक रुपमै भइरहेको देख्न सकिन्छ।
तारकेश्वर नगरपालिकामा पनि चुनावी माहोल राम्रै जम्दै गएको छ। रोचक कुरा त यो छ कि वडा न. २ काभ्रेस्थली बाटै मेयर पदको लागि ३ जना उम्मेदवार बन्न पुगेका छन्।

नेपाली कांग्रेसवाट श्रीराम थापा मेयरका उम्मेदवार हुनुहुन्छ । उहा पार्टीको नगर सभापति हुनुन्छ र बिगतमा प्राध्यापनमा पनि संलगन हुनुहुन्थ्यो।

nepali congress

 

 

 

 

 

बद्रि चापागाई वडा नं. २ वाट देशभक्त जन गणतान्त्रिक मोर्चा , नेपाल ( स्वतन्त्र ) वाट मेयरको उम्मेदवार हुनुहुन्छ । उहाको चुनाव चिन्ह ” काउली ” रहेको छ। उहाले आपनो घोषणा पत्रमा काँठ क्षेत्रमा देखिएको भुमि सम्भंधि समस्या समाधान गर्ने नया घोषणा समेत प्रस्तुत गर्नु भएको छ।

swatrantra

 

 

 

 

 

त्यस्तै वडा नं. २ वाटै नया शक्ति पार्टीबाट बासु फुयाल मेयरका उम्मेदवार हुनुहुन्छ । उहाको चुनाव छिन्न ” मसाल ” रहेको छ।

naya shakti

 

 

 

 

 

तारकेश्वर नगरपालिकामै मेयर पदका लागि मावोबादी पार्टीवाट धनलाल महर्जन उम्मेदवार हुनुहुन्छ। उहा लामो समय सम्म प्राध्यापन पेशामा संलग्न रहनुभएको थियो। उहा नेपाल रास्ट्रीय उच्च मा.वि. नेपालटारमा क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

dhanlal maoist

 

 

 

 

 

त्यस्तै नेकपा एमाले बाट रामेश्वर बोहोरा मेयरका उमेद्वार हुनुहुन्छ । उहा २०५४ को निर्वाचनमा तत्कालिन मनमैजु गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

cpn uml


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !