१८ बैशाख २०८१, मंगलबार

सरकारको दुई तिहाई बहुमत गुम्यो, के गर्ला राजपा ?


ओली, प्रचण्ड, उपेन्द्र

पुस ९, काठमाडौं । समाजवादी पार्टी सरकारवाट वाहिरिएको छ । कान्तिपुर दैनिकले ‘बाहिरियो समाजवादी’ र ‘के गर्ला राजपा ?’ शीर्षकमा छुट्टाछुट्टै समाचार लेख्दै सरकारले दुई तिहाइ बहुमत गुमाएको उल्लेख गरेको छ । संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै समाजवादी पार्टी सत्ताबाट बाहिरिएसँगै नेकपा नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ ।

सोमबारको मन्त्रीपरिषद् बैठकमा समाजवादीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मस्यौदा पेस गर्न ख्याति प्राप्त संविधानविद् या पूर्वन्यायाधीशको संयोजकत्वमा विज्ञ समिति बनाउनुपर्ने प्रस्ताव लगेका थिए ।

उता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि धेरैको आँखा अर्को दल राजपातिर सोझिएको समाचारमा उल्लेख छ । राजपा अब संघीय सरकारमा समेल हुन्छ र प्रदेश नं २ को सरकारसमेत हेरफेर हुन्छ भनेर राजनीतिक वृत्तमा अड्कल गर्न थालिएको छ । अड्कलवाजी जति सहजरुपमा गरिएको छ, राजपाका लागि भने सत्तारोह त्यत्तिकै कठिन छ । राजनीतिक इमान ख्याल गरेन र परिस्थितीअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन । केही समयदेखि आफैले भन्दै आएका एजेन्डा सम्झियो भने उसका लागि सत्तारोहण सजिलो छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !