२ कार्तिक २०८१, शुक्रबार

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण


चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

११ असोज, चितवन । चितवनमा ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहद्वारा निर्घात कुटपित भएको छ । चौबिसकोटी स्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । प्रहरीले उनलाई उद्दार गरेको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।

उक्त अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर कार्यक्रम स्थलमा राजावादीलाई कार्यक्रम गर्न नदिने भन्दै युवाहरूले हो-हल्ला गरेपनि उनीहरू को हुन् भन्ने खुलेको छैन । लगतै शाहीमाथि कुटपिट भएको हो ।

ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो । उनको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार शाहीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !