२९ बैशाख २०८१, शनिबार

श्रेष्ठले किन दाबी गरे स्कुल विभाग ?


नारायणकाजी श्रेष्ठ

८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ ।

एक साताअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो ।

‘अब बैठक स्कुल विभागको टुंगो लागेपछि मात्रै बस्छ’ सचिवालयका एक सदस्यले भने । आर्थिक विभाग र प्रचार विभाग भने सुरुमा पूर्वमाओवादीको भागमा परेको थियो । नारायणकाजी श्रेष्ठले जनताको जनवादमा आफ्नो योगदान रहेको भन्दै स्कूल विभागमा दाबी सबै स्कुल विभाग, प्रचार विभाग र आर्थिक विभाग अब कसको भागमा पर्छ भन्ने अन्योल भएको सचिवालय सदस्यले बताए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु