२० कार्तिक २०८१, मंगलबार

प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्दै


prachanda

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएको एक महिना पछि प्रचण्डले संसद मार्फत जनताको नाममा सम्बोधन गर्न लागेका हुन्।

संसदको बैठक आज ११ बजे बस्दैछ। प्रचण्डले सम्बोधन मार्फत सरकारका प्राथमिकता सार्वजनिक गर्न लागेका हुन्। कांग्रेस सरकारमा सहभागि भइसक्दा समेत उनले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका थिएनन्। सम्बोधन मार्फत उनले प्राथमिकताहरु र स्थानिय तहको निर्वाचनमा आफ्नो प्रतिबद्धता समेत राख्न लागेको सचिवालयका एक सदस्यले बताए।

त्यस्तै आफ्नो आसन्न भारत भ्रमण र संविधान संशोधनका विषयमा समेत प्रचण्डले धारणा राख्ने ती सदस्यले बताए।

प्रचण्ड गत साउन १९ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !