१२ आश्विन २०८१, शनिबार

महिलामाथि हुने हिंसाको न्यूनीकरण र सम्मानमा सरकार चुक्यो


रुन्द्रजङ् पुलामी

२४ फागुन, काठमाडौ । रासपा, नेपालका संयोजक एवम सस्थापक नेता रुद्र जङ पुलामीले देशभित्र महिलामाथि हुने हिंसा र सम्मानमा नेकपा सरकार चुकिरहेको बताएका छन ।

१०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै, नेपाली समाजलाई महिलामैत्री तुल्याउन नसक्नु , विद्यमान दाइजो प्रथा, बोक्सीको आरोपमा हुने अत्याचार , यौन दुर्व्यवहार तथा बलात्कार , छाउपडी प्रथा, र हिंसाका घटना बढ्दै जानु र नारी दिवस कर्मकाण्डीमा मात्र सिमित गर्नु सरकारको असक्षमता भएको उक्त सन्देशमा उल्लेख गरेका छन्।

संयोजक पुलामीले बलात्कार र हत्या जस्ता जघन्य अपराधलाई न्यूनिकरण गर्न सरकार असफल भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ | साथै महिलामाथी हुने विद्यमान विभेद , अव्यवस्था र कुरीतिको अन्त्य गर्दै समानता र न्यायमा आधारित उन्नत नेपाली समाज निर्माणमा आफ्नो दल प्रतिबद्ध रहेको उल्लेख गरेका छन |

आधा धर्ती र आधा आकाश महिला वर्गका वास्तविक मुक्तिका खातिर एकतावद्ध भएर लड्नुपर्ने आवश्यकता रहेको र सिमित महिलाका तप्का शासनमा सहभागी भए पनि प्रमुख दल र सरकार नै पृतृसत्तावादको पक्षमा रहेकाले नेपाली महिला वर्गले सन्तोष गर्न सक्ने अवस्था नभएको कुरा समेत सन्देशमा उल्लेख गरेका छन |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !