१२ असार २०८१, बुधबार

प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न सदनमा विपक्षीको माग


Bhim-Rawal-at-House

काठमाडौं, १२ भदौ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न सदनमा माग गरेको छ ।

व्यवस्थापिका संसदमा आइतवार बसेको बैठकको शुरुमै सभामुखसँग समय मागेर एमाले उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री भीम रावलले प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्रको व्यहोरा सार्वजनिक गर्न माग गरेका हुन् ।

युद्धग्रस्त देशमा मात्र विशेष दूत पठाउने मान्यता विपरीत भारतमा विशेष दूत पठाउनुपर्ने आवश्यकता किन प-यो भनी रावलले सदनमा प्रश्न गरेका थिए । रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुकमा पठाउनु प-यो भनी प्रश्न गरे ।

एमाले स्थायी समिति बैठकले प्रधानमन्त्री प्रचण्डले भारतलाई पत्र पठाएर आन्तरिक मामिलामा अवाञ्छित हस्तक्षेप निम्त्याउन खोजेको आरोप लगाएको थियो ।

नियुक्तिको पत्र दिएको हो
सदनमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डले विशेष दूतको रूपमा नियुक्त गरेको पत्र मात्रै भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको स्पष्ट गरे ।

मन्त्री निधिले बाहिर हल्ला गरिएजस्तो पत्रमा कुनै विषय उल्लेख नभएको दाबी गर्दै पत्रमा दुई देशबीचको सम्बन्ध सुदृढ गराउने विषय मात्र रहेको उल्लेख गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !