७ बैशाख २०८१, शुक्रबार

दिनको एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री दाहाल


prachanda

साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे ।

सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो ।

त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेको खबर आजको राजधानी दैनिकमा छापिएको छ।

उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।

प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।

प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ ।

माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् । छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !