१३ बैशाख २०८१, बिहिबार

जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न


kp-oli

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनमन्त्री पदबाट राजीनामा दिदै  व्यवस्थापिका संसदमा आफूले अघि सारेका योजनाबारे चिन्ता व्यक्त गरेका छन् ।
व्यवस्थापिका संसदमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिनु अघि प्रधानमन्त्री ओलीले आफ्ना योजनाबारे चिन्ता व्यक्त गरेका हुन्  ।

ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सात गम्भीर प्रश्न गरेका छन् ।

ओलीले काठमाडौँ–निजगढ फास्ट ट्रयाक, केरुङ–काठमाडौँ–पोखरा र लुम्बिनी रेलसेवा, हुलाकी राजमार्ग, भैरहवा र निजगढ विमानस्थल, सामाजिक सुरक्षा भत्तादेखि प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनासम्मका विषयमा चिन्ता व्यक्त गरे ।

 

ओलीले नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई लक्षित गरेर गरेका सात प्रश्न

 

१.) काठमाडौँ–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ?

२.) केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?

३.) बर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?

४.) दुई बर्षमा उर्जा र कृषिमा आधारभूत रूपमा आत्मनिर्भरता सम्भव तुल्याउने हाम्रा योजनालाई के गर्नुहुन्छ ?

५.) भैरहवा र निजगढ विमानस्थल जस्ता महत्वपूर्ण योजनालाई के गर्नु हुन्छ ?

६.)  जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका लागि अगाडि सारिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई के गर्नु हुन्छ ?

७.) शैक्षिक प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई ऋण दिने योजनालाई के गर्नुहुन्छ ?

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !