१२ बैशाख २०८१, बुधबार

फोरम लोकतान्त्रिकले ओली सरकार छाड्ने


bijay kumar gachhadhar

काठमाडौं, ५ साउन । सत्तारुढ दल फोरम लोकतान्त्रिकको केन्द्रिय समितिले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेकोले तत्काल राजिनामा दिनुपर्ने निश्कर्ष निकाल्दै छ ।

आजबाट सुरु हुने केन्द्रिय समितिको बैठकमा ओलीको राजिनामा गराउन पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले पहल गर्नुपर्नेवारे नेताहरुले बोल्ने स्रोतले जनायो । पछिल्लो समय अध्यक्ष गच्छदार पार्टीभित्र सरकार छा्डने पक्षमा लहर देखिएपछि आफू पनि सोही अनुसार चल्ने तयारीमा जुटेका छन् ।

प्रभावशाली नेता जितेन्द्र देवले गच्छदारलाई यसअघि नै सरकारबाट हट्न पटक पटक आग्रह गरेका थिए । उनले पार्टी सरकारमै रहे यसले दिर्घकालिन असर पार्ने भन्दै विभिन्न बैठकमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा आफू पनि सहभागी हुने संकेत देखाईसकेका छन् । उनले यो विचमा माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवासँग थुप्रै पटक गोप्य भेटघाट गरिसकेका छन् ।

गच्छदार आफू मात्रै सरकारबाट छाड्ने तयारीमा छैनन, उनले राप्रपा नेपाललाई समेत ओली सरकार छाड्नुपर्ने भन्दै अध्यक्ष कमल थापालाई फकाईरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !