१५ बैशाख २०८१, शनिबार

नेपाल बार एसोसिएसनको मतगणनामा शेरबहादुर केसी प्यानलको अग्रता


Nepal bar association

चैत्र २३, २०७२- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जारी मतगणनामा शेरबहादुर केसी प्यानलले अग्रता लिएका छन् । मंगलबार साँझसम्मको मतगणना अनुसार अध्यक्षमा केसी सहित महासचिव र कोषाध्यक्ष सहित अन्य पदमा पनि उनकै प्यानल अगाडि छन् ।

१४०४ मतको गणना सकिदा अध्यक्षमा केसीले ७५१ र उनका प्रतिस्पर्धी विजयकान्त मैनालीले ५७९ मत ल्याएका छन् । केसीले लोकतान्त्रिक र मैनालीले प्रगतिशील समूहको टीम बनाएर चुनावी प्रतिस्पर्धामा भिडेका हुन् । महासचिवमा केसी प्यानलका खम्मबहादुर खातीले ६८७ र उनका प्रतिस्पर्धी दिनमणि पोखरेलले ६०७ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमापनि केसी प्यानलका ज्ञानरत्न शाक्य अगाडि छन् । उनले ६९६ र उनका प्रतिस्पर्धी हरिबहादुर खडकाले ५८८ मत ल्याएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाका अनुसार बिहीबारसम्म अन्तिम परिणाम आउनेछ । उनले ठूलो संख्यामा मतदाता रहेका काठमाडौं, पोखरा लगायतका स्थानको मतगणना बुधबार गरिने बताए ।

बारमा नयाँ नेतृत्वका लागि शनिबार ३३ केन्द्रमा निर्वाचन भएको थियो ।

निर्वाचनको मतपेटिका काठमाडौं ल्याएपछि अनुसार सर्वोच्च अदालतको परिसरमा आठ ठाउँमा मतगणना भइरहेको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो ।

मतदाता ९ हजार ५ सय २२ मध्ये ७ हजार ८ सय ४५ मत खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !