६ जेष्ठ २०८१, आइतबार

तीन मन्त्री नियुक्त


bhanubhakta dhakal

१८ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउनु हुने भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !