१० पुस २०८१, बुधबार

अष्ट्रेलियन राजदूत र प्रचण्डविच भेटवार्ता ‘पक्रिने डरले भ्रमण स्थगित गरेको होइन : प्रचण्ड’


parchanda

१४ असार, २०७३:- काठमाडौं, अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो सरकारका तर्फबाट प्रचण्डको सुरक्षामा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

प्रचण्डको सचिवालय अनुसार प्रचण्डसँग भेट गर्न राजदूत ह्वाइट मंगलबार बिहान लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए । यसक्रममा उनले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राखेको जनाएको छ । ‘अष्ट्रेलियन राजदुतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराउनुभयो ।’

यसैसाता माओवादी अध्यक्ष प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमण स्थगित गरेपछि यसबारे विभिन्न आशंकाहरु हुँदै आएका थिए यसक्रममा अष्ट्रेलियामा प्रचण्डविरुद्ध उजुरी परेको र उनी पक्राउ पर्न सक्ने भएकाले भ्रमण स्थगित भएको धेरैको अनुमान थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफु अवगत रहेको बताए । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको उनले बताए ।

भेटमा प्रचण्डले संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको बताए । ‘यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।

राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !