८ जेष्ठ २०८१, मंगलबार

वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट


ramchandra poudel

८ साउन, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटमा जापानले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको राजदूत साइगोसङले बताउनुभएको थियो ।

वरिष्ठ नेता पौडेलले तनहुँको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकामा राजदूत साइगोसङलाई धन्यवाद दिनुभएको थियो । त्यसैगरी नेपालको समृद्धिका लागि कृषि क्रान्ति ऊर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकाले यी क्षेत्रमा लगानी गर्न उहाँले जापानलाई आग्रहसमेत गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !