३ फाल्गुन २०८२, आइतबार

बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी : नेता नेपाल


madhavkumar nepal

५ साउन, काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताउनुभएको छ ।

कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बुद्धले अढाई हजार वर्ष पहिले प्रतिपादन गर्नुभएको बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छ, नैतिक शिक्षाका माध्यमबाट समाजमा शान्ति, अहिंसा कायम गर्न सकिन्छ ।”

लामो समयसम्म देशमा भएको द्वन्द्वको अन्त्य गरी नेपाली समाज बुद्धको दर्शनबाट प्रेरित भई आर्थिक विकास र समृद्धिका लागि अगाडि बढेको नेता नेपालले बताउनुभयो । बौद्ध दर्शनलाई सातै प्रदेश र स्थानीय तहमा प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता नेपालले सुखी नेपाली र समृद्ध नेपालको अभियानलाई पूरा गर्न मुलुकमा उद्यमशीलताका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीको अवसर बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बौद्धगुरु डा अनिल शाक्य, नेपालका लागि थाइल्याण्डका राजदूत भागवट तान्सकुललगायतले बौद्ध शिक्षा, ज्ञान र उपदेशका बारेमा नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई बुद्ध मूर्ति वितरण गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !