३ फाल्गुन २०८२, आइतबार

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा


महाबिर पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् । पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पनि शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरे । तर कारण भने केही खुलाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !