पोखरा । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्। मेडिकल व्यवसायी प्रसाईं समेत रहेका प्रसाईं आज सोमबार पोखराबाट पक्राउ परेका हुन् ।
नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।












