१ फाल्गुन २०८२, शुक्रबार

बालेनले गरे रास्वपाको वरिष्ठ नेताको पदभार ग्रहण


बालेनले गरे रास्वपाको वरिष्ठ नेताको पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आज आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् ।

घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे । पहिलोपटक रास्वपा कार्यालय गएका बालेन १० मिनेट मात्रै बसेर फर्किएका थिए । उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो कार्यकक्षमा पदबहाली गरे ।

बालेन जेनजी अगूवा सुदन गुरुङसहित प्रवेश गरेका थिए । कार्यालय प्रांगणमा रहेको ठूलो घण्टी बजाए । समर्थकलाई अभिवादनसँगै फ्लाइङ किस दिए । रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरे ।

समर्थकलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र छिरे । आफ्नो कार्यकक्षमा पसेर पदबहाली गरे । अनि केही मिनेटमै उनी कार्यालयबाट बाहिरिए । रास्वपाले बालेन आजको केन्द्रीय समिति बैठकमा बस्ने सूचना दिएको भए पनि उनी बसेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !