२ फाल्गुन २०८२, शनिबार

रास्वपाले थप्यो चार जना पदाधिकारी


रास्वपाले थप्यो चार जना पदाधिकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आज आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

थपिएको पदाधिकारीमा उपसभापति–१, महामन्त्री– १, सहमहामन्त्री–१ र सहप्रवक्ता–१ रहेको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकताको सहमतिपछि रास्वपाले पदाधिकारी थप्ने निर्णय गरेको हो।

रास्वपामा यसअघि सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए। अब ४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या कम्तिमा १४ सदस्यीय हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !