१ फाल्गुन २०८२, शुक्रबार

ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ


केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथ लिएलगत्तै सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।

ओलीले एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल गरिएमा, भौतिक आक्रमणको प्रयास भएमा, जाली झूटा मुद्दा लगाएर एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प पारेर वर्तमान अन्तरिम सरकार ढाल्ने चेतावनी दिए ।

उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

अध्यक्ष ओलीले एमालेलाई छुने र जिस्काउने काम नगर्न चेतावनी दिए । एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी उनले दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु