काठमाडौँ । नेपाली कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप छ। चालिसे अर्थ समितिका सभापतिसमेत हुन्। साथै उनलाई काठमाडौं क्षेत्र नम्बर ३ ले हालै प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको थियो।












