२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश


सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ । सर्वोच्चले प्रधानमन्त्री कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको हो ।

राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए । जसमध्ये अधिवक्ता सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका छन् ।

सोही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फुयाल फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो । सर्वोच्चको आदेशका बावजुद पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार सुनुवाइ भएको हो।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको विरूद्ध सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै रिट दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु