७ फाल्गुन २०८२, बिहिबार

राजसंस्थाको सान्दर्भिकता पुष्टि भएको छ, नत्र कांग्रेस र देशको भविष्य छैन : शंकर भण्डारी


शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले जेनजी आन्दोलनपछिको अवस्थामा पार्टीको नीति फेर्दै राजसंस्थासहितको त्रिपक्षीय समझदारीको प्रस्ताव अघि सारेका छन् ।

आज बुधवारको बैठकमा लिखित प्रस्ताव राख्दै भण्डारीले पूर्व उपसभापति तथा वरिष्ठ नेता गोपालमान श्रेष्ठले अघि सारेको प्रस्तावलाई पार्टीले अघि बढाउनुपर्ने बताएका हुन् । उनले गणतन्त्र,संघीयता र धर्मनिरपेक्षतालाई बोकेर अब देश र कांग्रेस टिक्न नसक्ने बताए ।

भण्डारीले पार्टी सभापति सहितको पार्टीका कयौं नेताको घर आगजनी र तोडफोड हुनुमा कांग्रेसको सत्तामोहले काम गरेको बताए । उनले भदौ २३ गते नै कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिएको भए २४ गतेको विध्वंश रोकिन सक्ने अवस्था रहेको समेत दाबी गरे ।

भण्डारीले पार्टीको ९४ प्रतिशत ओमकार परिवारका नागरिक बसोबास गर्ने देशको बहुमत जनताको भावनाविपरीत उभिएर नेपाली कांग्रेस कसरी लोकप्रिय राजनीति गर्न सक्छ ? भन्ने प्रश्न समेत उठाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !