३ फाल्गुन २०८२, आइतबार

जेनजी अभियन्ता मिराज ढुंगानाले भोलि राजनीतिक दल घोषणा गर्ने


जेनजी अभियन्ता मिराज ढुंगानाले भोलि राजनीतिक दल घोषणा गर्ने

काठमाडौँ। जेनजी अभियन्ता मिराज ढुंगानाले भोलि राजनीतिक दल घोषणा गर्ने भएका छन् । आज सामाजिक संजाल फेसबुकमा एउटा भिडियो शन्देश जारी गर्दै उनले ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका हुन् ।

यसका लागि वार्ता समिति समेत गठन भएको उनले जानकारी दिए । ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !