१ फाल्गुन २०८२, शुक्रबार

दुर्गा प्रसाईले भने -जेन्जी सरकारलाई १०० जना तस्करको फिल्म देखाउनेछु


दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन्जी सरकारलाई १०० जना तस्करको फिल्म देखाउने घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज एक भिडियो सन्देश जारी गर्दै प्रसाईले यस्तो घोषणा गरेका हुन् ।

उनले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभिभावकत्व गर्दै देश र जनताको हितका लागि समर्पित रहने वाचा पनि गरेका छन् । उनले १०० जना तस्करको नामावली तयार भइसकेको जानकारी दिए । राज्यको ढोका ढकढक्याउने, भ्रष्टाचारको पर्दाफास गर्ने र तस्करीमा लिप्त हरूको मुखौटा खोस्ने उक्त फिल्म हुने उनले बताए ।

उनले यो केवल फिल्म मात्र नभएर यो सिस्टमको एक्स–रे हो भन्दै अब कर्मचारी दलाल तस्करहरुको सम्पति र आलिसान महल भित्रको राज देखाउने बताए । उनले कसरी कर्मचारी, ठेकेदार र पहुँचवालाले राष्ट्रलाई बेच्दैछन् भन्ने कुरा खुलाउने उनले दावी गरे । बारबारा फाउन्डेसनमा कसको लगानी छ कसरी यो सरकार बन्यो त्यो पनि देखाउनेछौँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु